५ वर्षसम्म १०९ मेगावाट विद्युत् भारत निर्यात गर्न प्राधिकरणले पायो अनुमति

१९ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १०९ मेगावाट विद्युत भारतमा बिक्री गर्न अनुमति पाएको छ ।भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले नेपालको विद्युत प्राधिकरणलाई २ जलविद्युत आयोजनाको १०९ मेगावाट ५ वर्षसम्म बिक्रीका लागि अनुमति दिएको हो ।

नेपाल विद्युत प्राधिकरणले भारतको एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन)लाई उक्त विद्युत प्रतियुनिट ५ वर्षसम्म ५.२५ भारू (८.४ रुपैयाँ) मा बिक्री गर्नेछ ।
सोलु दूधकोशी र दोर्दीखोला जलविद्युत आयोजनाबाट उत्पादित क्रमशः ८३.४२ मेगावाट र २६.१९ मेगावाट विद्युत भारत निर्यात गर्न अनुमति स्वीकृति प्राप्त भएको प्राधिकरण स्रोतले जानकारी दियो ।