१ भदौ, काठमाडौं । पोहोर मंसिरको आमचुनाव नसकिंदासम्म शीर्ष नेतृत्वको सामूहिक उपेक्षामा थिए, रेशम चौधरी । विगतमा उनी आबद्ध रहेको राष्ट्रिय जनता पार्टी जसपा हुँदै लोसपा बनिसकेको थियो ।
लोसपा आफैंमा राष्ट्रिय राजनीतिमा महत्वहीन हुँदै थियो । कतिसम्म भने आफ्नै रिहाइ माग्दै भाषण गरी बस्ने महन्थ ठाकुरलाई समेत जेलभित्रबाटै छाडिदिए रेशमले । उपेन्द्र यादवले नेतृत्व गरेको जसपा त्याग्नु उनका लागि कुनै ठूलो कुरो थिएन ।


